NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

सन्दीपले व्यक्तिगत दोस्रो विकेट लिँदा नेपाललाई नवौं सफलता

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्याण्डविरुद्ध नेपालले नवौं विकेट लिएको छ ।

कप्तान सन्दीप लामिछानेले नेपाललाई नवौं सफलता दिलाएका हुन् । जारी खेलमा यो उनको दोस्रो विकेट हो ।

यस्तै, आदिल आलम र सोमपाल कामीले समान ३ तथा करण केसीले १ विकेट लिएका छन् ।

नेपाली बलरका सामु स्कटल्याण्डको ब्याटिङ धर्मराएको छ । स्कटल्याण्डले ३० ओभरमै ९ विकेट गुमाएर ९५ रनमात्र बनाएको छ । अब झर्न १ विकेटमात्र बाँकी छ ।

यस्तो छ नेपालको सुरुवाती ११

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, रोहित पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल आलम, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र बसिर अहमद ।

सन्दीपले दिलाए नेपाललाई आठौं सफलता

ताजा अपडेट

नेपालवाच विशेष