सन्दीपले व्यक्तिगत दोस्रो विकेट लिँदा नेपाललाई नवौं सफलता
काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्याण्डविरुद्ध नेपालले नवौं विकेट लिएको छ ।
कप्तान सन्दीप लामिछानेले नेपाललाई नवौं सफलता दिलाएका हुन् । जारी खेलमा यो उनको दोस्रो विकेट हो ।
यस्तै, आदिल आलम र सोमपाल कामीले समान ३ तथा करण केसीले १ विकेट लिएका छन् ।
नेपाली बलरका सामु स्कटल्याण्डको ब्याटिङ धर्मराएको छ । स्कटल्याण्डले ३० ओभरमै ९ विकेट गुमाएर ९५ रनमात्र बनाएको छ । अब झर्न १ विकेटमात्र बाँकी छ ।
यस्तो छ नेपालको सुरुवाती ११
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, रोहित पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल आलम, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र बसिर अहमद ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया