भानु कपको उपाधि तनहुँ–११ लाई
तनहुँ । दुई सय नवौँ भानु जयन्तीको अवसरमा आयोजित भानु कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि तनहुँ–११ ले जितेको छ ।
भन्सार युवा क्लबको आयोजनामा भानु नगरपालिका–१ मा सम्पन्न फाइनल खेलमा सिद्धगुफा युवा क्लबलाई पराजित गर्दै तनहुँ–११ ले १५औँ भानु कपको उपाधि चुमेको हो ।
सिद्धगुफा युवा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै तनहुँ–११ ले उपाधिसँगै रु दुई लाख, ट्रफी र मेडल प्राप्त गर्यो । उपविजेता सिद्धगुफाले रु एक लाख, ट्रफी र मेडल पायो । फाइनल खेल हेर्न झण्डै पाँच हजार दर्शक आएका आयोजक क्लबका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा ३० समूह सहभागी थिए ।
फाइनल खेलको म्यान अफ दि म्याच सिद्धगुफाका सन्दीप थापा घोषित भए । प्रतियोगिताको सर्वाधिक गोलकर्ता तनहुँ–११ का दिपेश आले रहे । उनले प्रतियोगिताभर नौ गोल गरे । उत्कृष्ट गोलरक्षकको उपाधि तनहुँ–११ का प्रदीप भण्डारीले जिते भने अनुशासित क्लब मस्र्याङ्दी युवा क्लब गोरखा घोषित भयो । उत्कृष्ट खेलाडी तनहुँ–११ का रन्दीप पौडेल भए ।
प्रतियोगिताका विजेता टोली तथा खेलाडीहरुलाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले पुरस्कार प्रदान गरे ।
भानु जयन्तीकै अवसरमा क्लबले बिहीबार आयोजना गरेको छेलो हान्ने प्रतियोगिताको उपाधि रामकुमार श्रेष्ठले जिते । उनले रु पाँच हजार पुरस्कार प्राप्त गरे ।
ताजा अपडेट
-
प्रधानमन्त्रीको विश्वासको मत संकटमा !
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
प्रतिक्रिया