NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

ओजिल अर्को टर्किस क्लबमा अनुबन्धित

काठमाडौं । जर्मनीका पूर्व अट्याकिङ मिडफिल्डर मेस्युट ओजिल टर्किस क्लब इस्तानबुल बासाकसेहिरमा अनुबन्धित भएका छन् ।

ओजिलले टर्किस क्लब फेनरबाचे छाडेर अर्को टर्किस क्लब इस्तानबुल रोजेका हुन् ।

ओजिलको फेनरबाचेसँग अझै दुई वर्षको सम्झौता थियो । सो तोडर उनी फेनरबाचेकै प्रतिद्वन्दी क्लब इस्टानबुल गएका हुन् ।

३३ वर्षीय ओजिल इंग्लिस क्लब आर्सनल छोडेर गत वर्ष फेनरबाचेमा आबद्ध भएका थिए । टर्किस मुलका ओजिलले फेनरबाचेसँग आफ्नो भावनात्मक सम्बन्ध भएको बताउँदै आएका थिए । तर, त्यहाँ उनले गतिलो प्रदर्शन गर्न सकेनन् । उनले त्यहाँ ३६ खेलमात्र खेलेका थिए ।

ओजिल सन् २०१३ मा स्पेनिस क्लब रियल म्याड्रिडबाट आर्सनल गएका थिए ।

ओजिलले आर्सनलका लागि २५४ खेलमा ४४ गोल गरेका थिए ।

साथै, उनले जर्मनीबाट सन् २०१४ मा विश्वकप जितेका थिए । तर, पछि आफूमाथि जातिवाद हाबी भएको भन्दै उनले २०१८ मा जर्मन राष्ट्रिय टोली छोडेका थिए ।

विश्वकप दाबेदार ८ टोली छानेका मुलरले इंग्ल्याण्डको नामै लिएनन्

ताजा अपडेट

नेपालवाच विशेष