भारतविरुद्ध इंग्ल्याण्डको फराकिलो जित
काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा घरेलु टोली इंग्ल्याण्डले भारतविरुद्ध फराकिलो जित निकालेको छ ।
इंग्ल्यान्डले पाहुना टोली भारतलाई १०० रनको फराकिलो अन्तरले हराएको हो ।
लर्ड्समा बिहीबार भएको खेलमा इंग्ल्याण्ड टस हारेर ब्याटिङ गरेको थियो । उसले ४९ ओभरमा सबै विकेट गुमाएर २४६ रन बनाएको थियो ।
इंग्ल्याण्डले दिएको २४७ रनको लक्ष्य पछ्याएको भारत ३८.५ ओभरमै अलआउट हुँदै १४६ रनमा समेटियो ।
भारतका लागि हार्दिक पाड्या र रवीद्र जडेजाले समान २९/२९, सूर्यकुमार यादवले २७, मोहम्मद सामीले २३ र विराट कोहलीले १६ रन बनाए ।

अन्य ६ खेलाडीले दोहोरो अंकको रनसमेत जोड्न सकेनन् ।
भारतलाई लक्ष्यमा पुग्न नदिन घरेलु टोलीका रिच टाप्लेले ६ विकेट लिए । यस्तै, ब्रान्डन क्रासी, डेभिड बिली, मोइन अली र लियाम लिभिङस्टोनले समान १/१ विकेट लिए ।
यता, इंग्ल्याण्डका लागि मोइन अलीले ४७, डेभिड बिलीले ४१ तथा जोनी बेरेस्ट्रोले ३८, जोसन रोयले २३ तथा बेन स्ट्रोकले २१ रन बनाए ।
भारतका लागि युजवेन्द्र चाहलले ४, जसप्रित बुमराह र हार्दिक पाड्याले समान २/२ तथा मोहम्मद सामी र प्रसिद्ध कृष्णाले समान १/१ विकेट लिए ।
यस जितसँगै इंग्ल्याण्डले तीन खेलको सिरिजमा १/१ को बराबरी गरेको छ । पहिलो खेल भारतले १० विकेटले जितेको थियो ।
दुई टोलीबीचको तेस्रो तथा निर्णायक एकदिवसीय खेल आइतबार हुनेछ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया