टि-ट्वान्टी लिग खेल्ने टोलीको नाम सार्वजनिक
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पहिलो पटक हुन लागेको नेपाल टि-ट्वान्टी लिग खेल्ने चार टोलीको नाम र टिम मालिकको घोषणा भएको छ ।
आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि क्यानद्वारा आज यहाँ आयोजित कार्यक्रममा चार टिम र टिम मालिकको नाम सार्वजनिक गरिएको हो ।
प्रतियोगितामा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सले प्रतिस्पर्धा गर्नेछन् ।
कान्तिपुरको टिम मालिकमा महेश्वर स्वाँर, लुम्बिनीको सञ्जय शर्मा, विराटनगरका विक्रम यादव र जनकपुरका गौरीशङ्कर धामनी रहेका छन् ।
पहिलो संस्करणको उक्त प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने क्यानले जनाएको छ । बाँकी दुई टिमको नाम र मालिक भने चाँडै सार्वजनिक गरिने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।
क्यानले आयोजना गर्न लागेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यतासमेत दिएको छ भने क्यानले उक्त प्रतियोगितालाई नेपालको आधिकारिक फ्रेन्चाइज लिग मानेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया