NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

एन्फाको बैठक फेरि स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आज बस्ने भनिएको दोस्रो कार्यसमिति बैठक फेरि स्थगित भएको छ । मुद्दामा प्रवेश नगर्दै बैठक पुनः स्थगित भएको हो ।

वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायतले उपस्थितिमा दस्तखत नगरेपछि बैठक स्थगित गर्नुपरेको अध्यक्ष पंकजविक्रम नेम्वाङनिकट एक उपाध्यक्षले बताए ।

यसअघि बैठक सोमबार बस्ने तय भएको भए पनि अध्यक्ष नेम्वाङको स्वास्थ्यमा समस्या आएका कारणस्थगित भएको थियो ।

आज बस्ने बैठकमा एनएसएल, साफ च्याम्पियनसिप, महिला लिगलगायत १८ मुद्दामा छलफल गर्ने कार्यक्रम थियो । बैठक स्थगित भएसँगै यी मुद्दा अन्योलमा परेका छन् ।

यसैबीच, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत १२ जनाले कार्यसमिति बैठकले नियुक्त गरेका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेलाई बर्खास्त गर्न निवेदन दर्ता गरेका छन् ।

एन्फाको बैठक स्थगित