एन्फाको बैठक फेरि स्थगित
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आज बस्ने भनिएको दोस्रो कार्यसमिति बैठक फेरि स्थगित भएको छ । मुद्दामा प्रवेश नगर्दै बैठक पुनः स्थगित भएको हो ।
वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायतले उपस्थितिमा दस्तखत नगरेपछि बैठक स्थगित गर्नुपरेको अध्यक्ष पंकजविक्रम नेम्वाङनिकट एक उपाध्यक्षले बताए ।
यसअघि बैठक सोमबार बस्ने तय भएको भए पनि अध्यक्ष नेम्वाङको स्वास्थ्यमा समस्या आएका कारणस्थगित भएको थियो ।
आज बस्ने बैठकमा एनएसएल, साफ च्याम्पियनसिप, महिला लिगलगायत १८ मुद्दामा छलफल गर्ने कार्यक्रम थियो । बैठक स्थगित भएसँगै यी मुद्दा अन्योलमा परेका छन् ।
यसैबीच, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत १२ जनाले कार्यसमिति बैठकले नियुक्त गरेका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेलाई बर्खास्त गर्न निवेदन दर्ता गरेका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया