पाकिस्तानले किन गर्यो चेस ओलम्पियाडमा सहभागी हुन इन्कार ?
काठमाडौं । चेन्नईमा आयोजना भइरहेको ४४ औं चेस ओलम्पियाडमा भाग लिन पाकिस्तानले अस्वीकार गरेको छ । यसप्रति भारतले आश्चर्य व्यक्त गरेको छ ।
पाकिस्तानी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठित अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भारतले राजनीतिकरण गरेको आरोप लगाएको छ ।
उसले यो विषयलाई अन्तर्राष्ट्रिय चेस महासंघमा उठाउने पनि बताएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने पाकिस्तानले अचानक चेस ओलम्पियाडमा सहभागी नहुने निर्णय गर्नु अचम्मको कुरा भएको टिप्पणी गरे ।
उनले जम्मू कश्मीर र लद्दाख भारतको अभिन्न अंग भएकाले पाकिस्तानले राजनीति गर्नु दुर्भाग्यपूर्ण भएको बताए ।
भारतले पहिलो पटक चेस ओलम्पियाड आयोजना गर्दैछ। चेस ओलम्पियाड तमिलनाडुको ममल्लापुरममा २८ जुलाईबाट सुरु भएको थियो।
यसको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदी र तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले गरेका थिए । उक्त उद्घाटन समारोहमा पनि पाकिस्तानी टोली सहभागी थिएन ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया