जिम्बावे टुरका लागि भारतीय टिम घोषणा, धवन कप्तान

काठमाडौं । जिम्बावे टुरका लागि भारतले टिम सार्वजनिक गरेको छ । शिखर धवनलाई तीन खेलको एकदिवसीय सिरिजको कप्तानी दिइएको छ । योसँगै फास्ट बलर दीपक चाहर र अलराउन्डर वाशिंगटन सुन्दर पनि भारतीय टोलीमा फर्किएका छन् ।
ब्याट्सम्यान राहुल त्रिपाठी टिममा नयाँ अनुहार हुनेछन् । यसबाहेक अधिकांश खेलाडीहरू वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिजमा सहभागी बनिसकेका हुन् ।
केही सिनियर खेलाडीलाई आराम दिइएको छ । नियमित कप्तान रोहित शर्मा, हार्दिक पाण्ड्या, ऋषभ पन्त, विराट कोहलीलगायत सबै वरिष्ठ खेलाडीले यो सिरिज खेल्ने छैनन् ।
दीपक चोटका कारण यस वर्षको फेब्रुअरीदेखि टोलीबाट बाहिर छन् । वेस्ट इन्डिजविरुद्धको खेलमा उनको कम्मरमा चोट लागेको थियो । अब उनले जिम्बाब्वे विरुद्धको शृंखलाबाट टिम इन्डियामा नियमित स्थानका लागि जोड दिनेछन् ।
यससँगै उनी टी–२० विश्वकपका लागि पनि आफ्नो दाबी प्रस्तुत गर्न चाहन्छन् ।
कुलदीप यादव पनि एकदिवसीय टोलीमा पुनरागमन गर्दैछन् । उनलाई वेस्ट इन्डिजविरुद्धको टी–२० टोलीमा समावेश गरिएको छ । तर, उनी विन्डिजविरुद्धको एकदिवसीय सिरिजका लागि भारतीय टोलीमा परेका थिएनन् । स्पिनको जिम्मेवारी कुलदीपका अलावा अक्षर पटेल र वाशिङटन सुन्दरको हुनेछ ।
जिम्बाब्वे टुरका क्रममा कप्तान धवनबाहेक ब्याटिङको जिम्मेवारी ऋतुराज गायकवाड, इशान किशन, शुभमन गिल, दीपक हुडा, राहुल त्रिपाठी र सञ्जु सामसनको हुनेछ । योसँगै सुन्दर, शार्दुल, अक्षर र दीपक चाहर अलराउन्डरका रुपमा टिममा परेका छन् । फास्ट बलरमा चाहर, सिराज, फेमस कृष्णा, शार्दुल र आवेश खानको जिम्मेवारी रहनेछ ।
टीम इन्डिया
शिखर धवन (कप्तान), ऋतुराज गायकवाड, शुभमन गिल, दीपक हुडा, राहुल त्रिपाठी, इशान किशन (विकेटकिपर), सञ्जु सैमसन (विकेट किपर), वाशिंगटन सुन्दर, शार्दुल ठाकुर, कुलदीप यादव, अक्षर पटेल, आवेश खान, प्रसिद्ध कृष्ण, मोहम्मद सिराज, दीपक चाहर।
ताजा अपडेट
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
प्रतिक्रिया