क्रिकेट टिममा ज्ञानेन्द्र मल्ल ल्याइए, कुशल भुर्तेल हटाइए
काठमाडौं । केन्यासँगको पाँच टी २० र तीन एकदिवसीय सिरिज खेलको लागि नेपाली टिम घोषणा भएको छ । आगामी अगस्ट २५ देखि सेप्टेम्बर १५ सम्म हुने क्रिकेट सिरिजको लागि नेपाली टिम घोषणा भएको हो ।
केन्या भ्रमणको टोलीमा ज्ञानेन्द्र मल्ललाई टिममा बोलाइएको छ । यस अघि उनी टिममा परेका थिएनन् । अर्जुन साउद पहिलोपटक नेपाली टिममा बोलाइएका छन् । विवेक यादव र शाहव आलम पनि टिममा फर्किएका छन् ।

पछिल्लो समय ओपनिङमा प्रभाव जमाउन नसकेका कुशल भुर्तेललाई यसपटक टिममा राखिएको छैन । विनोद भण्डारी पनि टिमबाट हटाइएका छन् ।
सिरिजमा टी २० को कप्तानी सन्दीप लामिछाने र एक दिवसीयको कप्तानी रोहित पौडेलले गर्ने सम्भावना रहेको बताइन्छ ।
टी २० भदौ ९ देखि १४ र एकदिवसीय भदौ १७ देखि २० गतेसम्म केन्यामा हुनेछ ।
यो टी २० सिरिजले नेपालको वरियतामा प्रभाव पार्नेछ । यसको असर टी २० विश्वकप छनोटमा पनि पर्ने भएकोले नेपालको लागि यो सिरिज निक्कै महत्वपूर्ण हुनेछ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया