NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

एनएसएलबारे निर्णय गर्न एन्फाद्वारा कमिटी गठन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)का बारे निर्णय गर्न कमिटी गठन गरेको छ ।

एन्फाको बिहीबार बसिरहेको दोस्रो कार्यसमिति बैठकले अन्यौलतामा रहेको एनएसएलबारे निर्णय गर्न कमिटी गठन गरेको हो ।

बैठकले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको संयोजकत्वमा कमिटी गठन गरेको हो ।

कमिटीका सदस्यहरूमा एन्फा उपाध्यक्ष दीपक खतिवडा, कुमार केसी र सदस्यहरू टीका लामा, मनिराज विष्ट, रवीन्द्र चन्द र पुरुषोत्तम थापा रहेका छन् ।

पछिल्लो समय एनएसएल र चार ए डिभिजन क्लबबीच विवाद बढेको छ । कमिटीले यो विवाद पनि सुल्झाउने अपेक्षा गरिएको छ ।

दीपा भारतीय क्लबमा अनुबन्धित