एनएसएल असोजदेखि सुरु गर्न एन्फाको अनुमति

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) आयोजना गर्न दिने निर्णय गरेको छ ।
एन्फाको जारी दोस्रो कार्यसमिति बैठकले एनएसएल आगामी असोज २३ गतेबाट मंसिर २ सम्म सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
बैठकले एनएसएलसँग विगतमा गरिएका त्रुटिपूर्ण सम्झौता खारेज गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले बताए ।
यसअघि एन्फाले अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा आजै एनएसएलबारे निर्णय गर्न कमिटी गठन गरेको थियो । सोही कमिटीले एनएसएल गर्न दिने निर्णय गरेको हो ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया