एनएसएल असोजदेखि सुरु गर्न एन्फाको अनुमति
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) आयोजना गर्न दिने निर्णय गरेको छ ।
एन्फाको जारी दोस्रो कार्यसमिति बैठकले एनएसएल आगामी असोज २३ गतेबाट मंसिर २ सम्म सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
बैठकले एनएसएलसँग विगतमा गरिएका त्रुटिपूर्ण सम्झौता खारेज गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले बताए ।
यसअघि एन्फाले अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा आजै एनएसएलबारे निर्णय गर्न कमिटी गठन गरेको थियो । सोही कमिटीले एनएसएल गर्न दिने निर्णय गरेको हो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया