NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

स्वास्थ्य बीमा गर्नुभन्दा अगाडि ध्यान दिनुपर्ने यी पाँच कुरा

काठमाडाैं । दुर्घटना, बिरामी कहाँ, कहिले र कतिखेर हुन्छ कसैलाई थाहा हुँदैन । आकस्मिक दुर्घटना, विरामी हुँदा ठूलो रकमको आवश्यकता हुन्छ । विपद्मा भन्नेवित्तिकै सहयोग पाउन पनि मुस्किल हुन्छ । यस्तो अवस्थामा सम्पतिसँग सम्बन्धित जोखिमहरुबाट मुक्ति पाउनको लागि बीमाले ठूलो भूमिका खेल्छ ।

पछिल्लो समयमा मानिसहरुमा बीमाको ज्ञान बढ्दै गएको पाइन्छ । पछिल्लो समय मानिसहरु आफ्नो स्वास्थ्यलाई लिएर सजग हुन थालेका छन् । अहिले मानिसहरु भविष्यमा भैपरी आउने बिरामीबाट हुने खर्चबाट बच्नको लागि स्वास्थ्य बीमा गराइहाल्छन् ।

नेपालमा धेरै बीमा कम्पनीहरु छन् । ती बीमा कम्पनीहरुले आफ्नो कम्पनीको नियमअनुसारको पोलिसी बेच्छन् । तर पोलिसी किन्नुभन्दा अगाडि बीमितले धेरै कुरामा ध्यान दिनु जरुरी हुन्छ ।

स्वास्थ्य बीमा पोलिसी खरिदगर्नुअगाडि बीमितले बीमा पोलिसीमा कुन कुन रोगको लागि बीमा कभरेज प्राप्त गर्दैछ सो कुराको जानकारी राम्रोसँग लिनुपर्छ । यसका साथसाथै पोलिसीमा तपाइँले चाहेको रोगहरुको बीमा कभर गरिरहेको छ कि छैन सो को जाँच गर्नुपर्छ ।

पोलिसी खरिदगर्नुभन्दा अगाडि कम्पनीले कुन कुन अस्पतालमा नगदरहित उपचारको सुविधा दिइरहेको छ सोको जानकारी राम्रोसँग लिनुपर्छ । बीमा गर्दा कम्पनीले पोलिसीबारे एक लिस्ट दिन्छ, उक्त लिस्टमा तपाइँले नगदरहित उपचार सेवा भएका अस्पतालहरुको विवरण पाउनुहुने छ । उक्त सूची राम्रोसँग जाँच गर्नुपर्छ । यदि तपाइँले स्वास्थ्य बीमासँगै एड अन र राइडर सुविधा पाउनुहुन्छ भने सो बीमा पोलिसी छनोट गर्न सक्नुहुन्छ । यसले तपाइँलाई दुर्घटनाको अवस्थामा ठूलो आर्थिक सहयोग दिन्छ ।

स्वास्थ्य बीमा पोलिसी खरिद गर्दा सहभुक्तानी विकल्पलाई कुनै पनि हालतमा छनोट नगर्नुहोस् । यसो गरेमा अस्पतालको बिलमा केही आफूले नै भुक्तानी गर्नुपर्ने हुन सक्छ । यसका साथसाथै बीमा पोलिसी खरिद गर्दा यी कुराहरुको कभर हुन्छ हुँदैन जाँँच्नुहोस् ।

ताजा अपडेट

नेपालवाच विशेष