स्वास्थ्यमा सुधार आएपछि नेता पुन स्वदेश फिर्ता
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन चीनमा उपचार गराएर आज स्वदेश फर्किएका छन् ।
स्वास्थ्यमा सुधार भएपछि आज नेता पुन स्वदेश फर्किएका हुन् । चीनको चाइना साउदर्न एयरलाइन्सको नियमित उडानमार्फत् उनी स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले पूर्वमन्त्रीसमेत रहेका नेता पुनको स्वागत गरेका थिए ।
वंशाणुगत जण्डिसबाट पीडित भएका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि गत मङ्सिर १६ गते उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल गएका थिए ।
स्वास्थ्यमा सुधार देखिएपछि चिकित्सकको सल्लाहबमोजिम आफूहरु स्वदेश फर्किएको पूर्वसभामुखसमेत रहेकी नेता पुनका पत्नी ओनसरी घर्तीले जानकारी दिइन् ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया