NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

पार्टी सुदृढीकरणका लागि जसपाका केन्द्रीय नेता निर्वाचन क्षेत्र र पालिकामा खटिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना पार्टीका केन्द्रीय नेतालाई निर्वाचन क्षेत्र र पालिकामा खटाउने भएको छ ।

तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानमा नेताहरूलाई खटाउन लागिएको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार नेताहरूले आफ्नो जिम्मेवारीभित्रको भूमिकामा रहेर सङ्गठन विस्तारका कार्यक्रम सञ्चालन गर्ने छन् ।

यसैगरी पार्टीको नयाँ विधानका सम्बन्धमा प्रशिक्षण कार्यक्रम चलाई विधानबारे कार्यकर्तालाई प्रशिक्षित गरिने छ । यस अवधिमा सङ्गठनको अभिलेख सङ्कलन र सदस्यता वितरण कार्यसमेत हुने र सोहीबमोजिम पार्टीले शनिबारदेखि नै प्रदेश तथा स्थानीय तहमा प्रशिक्षण कार्यक्रम गर्ने भएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष