पार्टी सुदृढीकरणका लागि जसपाका केन्द्रीय नेता निर्वाचन क्षेत्र र पालिकामा खटिने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना पार्टीका केन्द्रीय नेतालाई निर्वाचन क्षेत्र र पालिकामा खटाउने भएको छ ।
तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानमा नेताहरूलाई खटाउन लागिएको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार नेताहरूले आफ्नो जिम्मेवारीभित्रको भूमिकामा रहेर सङ्गठन विस्तारका कार्यक्रम सञ्चालन गर्ने छन् ।
यसैगरी पार्टीको नयाँ विधानका सम्बन्धमा प्रशिक्षण कार्यक्रम चलाई विधानबारे कार्यकर्तालाई प्रशिक्षित गरिने छ । यस अवधिमा सङ्गठनको अभिलेख सङ्कलन र सदस्यता वितरण कार्यसमेत हुने र सोहीबमोजिम पार्टीले शनिबारदेखि नै प्रदेश तथा स्थानीय तहमा प्रशिक्षण कार्यक्रम गर्ने भएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया