NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

टी–२० विश्वकप छनोट : सिंगापुरले टस जित्यो, नेपाललाई बलिङको निम्तो

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट फाइनलको पहिलो खेलमा नेपालले सिंगापुरसँग खेल्दैछ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुने खेलका लागि सिंगापुरले टस जितेर ब्याटिङ रोजेसँगै नेपालले बलिङको निम्तो पाएको छ ।

नेपाल क्रिकेट संघ क्यानले शनिबार घोषणा गरेको तालिका अनुसार दोस्रो खेलमा नेपालले कात्तिक १४ गते मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।कात्तिक १३ देखि १९ गतेसम्म आयोजना प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ ।

समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया सामेल छन् । समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन् ।

ताजा अपडेट

नेपालवाच विशेष