टी–२० विश्वकप छनोट : सिंगापुरले टस जित्यो, नेपाललाई बलिङको निम्तो
काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट फाइनलको पहिलो खेलमा नेपालले सिंगापुरसँग खेल्दैछ ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुने खेलका लागि सिंगापुरले टस जितेर ब्याटिङ रोजेसँगै नेपालले बलिङको निम्तो पाएको छ ।
नेपाल क्रिकेट संघ क्यानले शनिबार घोषणा गरेको तालिका अनुसार दोस्रो खेलमा नेपालले कात्तिक १४ गते मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।कात्तिक १३ देखि १९ गतेसम्म आयोजना प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ ।
समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया सामेल छन् । समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया