सिंगापुरविरुद्ध कुशलले बनाए अर्ध सतक

काठमाडौं । आईसीसी टी २० विश्वकपका लागि एसिया क्षेत्रको फाइनल छनोट अन्तर्गत सिंगापुरविरुद्ध नेपालका ओपनर ब्याट्स्म्यान कुशल भुर्तेलले अर्धसतक बनाएका छन् ।
उनले २६ बलमा ६ चौका र २ छक्काका मद्दतमा अर्धसतक पुरा गरेका हुन् । सिंगापुरले नेपाललाई जितका लागि १४६ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।
नवौँ ओभरको समाप्तीमा नेपालका ओपनर ब्याट्स्म्यान कुशल र आशिफ शेखले ८४ रनको पारि खेलिरहेका छन् ।
प्रतिक्रिया