सिंगापुरविरुद्ध नेपाल ८ विकेटले विजयी
काठमाडौं । आईसीसी टी २० विश्वकपका लागि एसिया क्षेत्रको फाइनल छनोट अन्तर्गत नेपालले सिंगापुरिवरुद्ध ८ विकेटको जित निकालेको छ ।
टियु क्रिकेट मैदान कीर्तिपुरमा १४६ रनको लक्ष्य पछ्याएको नेपालले १६.३ ओभरमा २ विकेट गुमाउदै ८ विकेटको जित निकालेको हो । नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा लक्ष्य भेट्टाएको हो । भुर्तेलले ४८ बलमा ७४ रन बनाए ।
नेपालका लागि कप्तान रोहित पौडेलले २४ बलमा नट आउट ३५ रन बनाएर । त्यस्तै ओपनर आशिफ शेखले २७ बलमा २६ रन बनाएर आउट भए भने कुशल मल्ल १ बलमा १ रन बनाउदै नटआउट रहे ।
सिंगापुरका लागि आनन्थ कृष्ण र अक्ष्य रुपक पुरीले एक–एक विकेट लिए । पुरीले शेखलाई बोल्ड आउट गराएका थिए भने आनन्थ कृष्णले भुर्तेललाई क्याच आउट गराएका थिए ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।
सिंगापुरका लागि ओपनर रोहन रंगराजनले सर्वाधिक ४५ रन बनाए । त्यस्तै आर्यवीर चौधरीले ३७, तथा मनप्रित सिंहले २४ रन बनाए ।
नेपाली बलर अविनाष बोहराले तीन विकेट लिए । उनले चार ओभरमा एक मेडनसहित ४३ रन खर्चिए । करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान दुई-दुई विकेट हात चट्काए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया