NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

सिंगापुरविरुद्ध नेपाल ८ विकेटले विजयी

काठमाडौं । आईसीसी टी २० विश्वकपका लागि एसिया क्षेत्रको फाइनल छनोट अन्तर्गत नेपालले सिंगापुरिवरुद्ध ८ विकेटको जित निकालेको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा १४६ रनको लक्ष्य पछ्याएको नेपालले १६.३ ओभरमा २ विकेट गुमाउदै ८ विकेटको जित निकालेको हो  । नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा लक्ष्य भेट्टाएको हो । भुर्तेलले ४८ बलमा ७४ रन बनाए ।

नेपालका लागि कप्तान रोहित पौडेलले २४ बलमा नट आउट ३५ रन बनाएर । त्यस्तै ओपनर आशिफ शेखले २७ बलमा २६ रन बनाएर आउट भए भने कुशल मल्ल १ बलमा १ रन बनाउदै नटआउट रहे ।

सिंगापुरका लागि आनन्थ कृष्ण र अक्ष्य रुपक पुरीले एक–एक विकेट लिए । पुरीले शेखलाई बोल्ड आउट गराएका थिए भने आनन्थ कृष्णले भुर्तेललाई क्याच आउट गराएका थिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।

सिंगापुरका लागि ओपनर रोहन रंगराजनले सर्वाधिक ४५ रन बनाए । त्यस्तै आर्यवीर चौधरीले ३७, तथा मनप्रित सिंहले २४ रन बनाए ।

नेपाली बलर अविनाष बोहराले तीन विकेट लिए । उनले चार ओभरमा एक मेडनसहित ४३ रन खर्चिए । करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान दुई-दुई विकेट हात चट्काए ।

ताजा अपडेट

नेपालवाच विशेष