टी-२० विश्वकप एसिया छनोट : नेपाल आज मलेसियासँग खेल्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ ।
नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो सवा १ बजेदेखि सुरू हुनेछ।
नेपालले आजको खेल जितेको अवस्थामा सेमिफाइनल पुग्ने सम्भावना बलियो बन्नेछ।
सोमबार भएको पहिलो खेलमा नेपालले सिंगापुरविरुद्ध सहज जित निकालेको थियो । समूह चरणको आफ्नो अन्तिम खेल नेपालले ओमानसँग बिहीबार खेल्नेछ।
प्रतिक्रिया