मलेसियाले टस जित्यो, नेपालले पहिले बलिङ गर्ने

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाले टस जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा मलेसियाले टस जित्दै नेपाललाई बलिङको निम्तो दिएको हो । नेपाल आज लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छ ।
मलेसिया भने पहिलो खेलमा ओमानसँग पराजित भएको थियो । खेल अहिले केहि बेरमा सुरु हुँदैछ ।
तर नेपाली टिमका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले भने आजको खेल पनि गुमाएका छन् । चोटका कारण हिजो सिंगापुरविरुद्धको खेल गुमाएका उनले आज पनि खेल गुमाएका हुन् ।
उसो त उनले छनोटका सबै खेल गुमाउन सक्ने बताइएको छ ।
प्रतिक्रिया