NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

मलेसियामाथि नेपालद्वारा ६ विकेटको जित, विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश

काठमाडौं । टी २० विश्वकप अन्तर्गत एसिया क्षेत्रको फाइनल छनोटमा नेपालले मलेसियामाथि ६ विकेटको जित निकालेको छ ।

मलेसियालाई हराएसँगै नेपाल विश्वकप छनोटको सेमिफाइनलमा पुगेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभर खेल्दै चार विकेटको क्षतिमा भेट्टायो ।

नेपालको यो लगातार दोस्रो जित हो । यसअघि सोमबार पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले हराएको थियो । समूहगत चरणको अन्तिम खेलअगावै नेपाल सेमिफाइनल पुगेको हो ।

नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरे । नेपालको जितमा मल्लले ६५, र भुर्तेलले ४३ रनको योगदान दिए ।

मल्लले ३४ बलको सामना गरी सात छक्का र दुई चौका प्रहार गरे । त्यसअघि ओपनर ब्याट्सम्यान आसिफ शेखले ३२ रन थपेका थिए ।सन्दीप जोराले अविजित १८ रन र विवेक यादवले अविजित दुई रन बनाए ।

त्यसअघि मलेसियाका लागि ओपनर ब्याट्सम्यान सैयद अजिजले ६८ तथा अर्का ओपनर जुबैदी जुल्किफले २४ रन बनाए । सरविन मुनिन्डीले १३ रन बनाउदा मुहम्मद अमिरले ८, स्याजरुल इद्रुसले ७ तथा फित्री शामले ६ रन जोडे ।

यस्तै कप्तान अहमद फाइज र अइनुल हाफिजले समान ३ ३ रन बनाउदा विरनदिप सिंहले ४ रन जोडे । मलेसियाले अतिरिक्त रूपमा १६ रन पाएको थियो ।

नेपाली बलर अविनाश बोहराले चार विकेट लिँदा सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले पनि एक-एक विकेट चट पारे ।

ताजा अपडेट

नेपालवाच विशेष