ओमानले दियो १४६ रनको लक्ष्य, करणले दिलाए सर्वाधिक विकेट

काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत नेपालले १४६ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस जित्दै नेपालले फिल्डिङ रोजेको थियो । खेलमा ओमानले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १४५ रन बनाएको हो ।
ओमानले नवौँ विकेटको रुपमा कलीमुल्लाहलाई गुमायो । उनी करण केसीको बलमा आउट भएका हुन् । ओमानको आठौँ विकेट पनि करणले नै लिएका थिए । करणले मोहम्मद नसिमलाई आउट गरको हुन् । करण केसीको बलमा सन्दीप लामिछानेले मोहम्मदलाई क्याच आउट गराएका हुन् । यो सँगै करणले आफ्नो पक्षमा नीन विकेट पारेका छन् । नेपालका लागि करणले पहिलो विकेट दिलाउँदै कश्यप प्रजापति आउट गराएका थिए ।
नेपालका लागि अविनाश बोहोराले सातौँ विकेट लिए । अविनाशको बलमा ओमानका कप्तान जिसन मक्सुद आउट भए ।
सन्दीप लामिछानेले लगातार दुई विकेट लिए । उनले पाँचौँ विकेटका रुपमा ओमानका आयान खानलाई आउट गराए भने छैटौँ विकेटमा मोहरान खानलाई शून्य रनमा आउट गराए । सन्दीपले जिसन मक्सुद र आयान खानको ४९ रनको साझेदारी तोड्दै आफ्नो पहिलो विकेट लिए ।
नेपालका लागि सोमपाल कामीले दुई विकेट लिए । सोमपालले ओमानका शोयब खानलाई आउट गर्दै चौथौ विकेट दिलाएका हुन् । त्यस्तै, करण केसी रगुल्सन झाले समान एक विकेट लिन सफल भए ।
गुल्सन झाले ओमानका श्रीकान्त अथावलाई आउट गराएका हुन् । त्यस्तै नेपालका लागि दोस्रो विकेटमा सोमपाल कामीले ओमानका अकिब इलियास आउट गराएका थिए ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया