नेपाललाई दोस्रो सफलता, सोमपालले लिए युएईका कप्तान मोहम्मदको विकेट

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटको जारी सेमिफाइनलमा युएईविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ ।
नेपालका लागि सोमपाल कामीको बलमा युएईका मोहम्मद वसिम आउट भएका छन् । वसिमले २६ रन बनाउँदै आउट भएका हुन् ।
यस अघि सोमपाल कामीले नन स्टइकमा रहेका ब्याट्सम्यान खालिद शाहलाई रन आउट गरेका हुन् ।
मुलपानी मैदानमा जारी खेलमा युएईले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको हो ।
आजको खेलमा जित हात पार्ने टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ।
एसिया छनोट फाइनल खेल्नुअघि त्रिकोणात्मक सिरिजको लिग चरणको दुबै खेलमा नेपालले यूएईलाई हराएको थियो । तर, फाइनलमा नेपाललाई हराएर युएईले उपाधि जितेको थियो ।
प्रतिक्रिया