नेपाललाई सन्दीपले दिलाए तेस्रो विकेट

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटको जारी सेमिफाइनलमा युएईविरुद्ध बलिङमा उत्रेको नेपालले तेस्रो विकेट लिएको छ ।
नेपालका स्पिन बलर सन्दीप लामिछानेको बलमा युएईका आसिफ खान १३ रन बनाउँदै आउट भएका हुन् ।
मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर फिल्डिङमा आएको नेपालले यसअघि चौथो ओभरको पहिलो बलमा पहिलो सफलता दिलायो । यूएईका खालिद साहलाई सोमपाल कामीले रनआउट गरे । त्यसपछि सोही ओभरको चौथो बलमा सोमपालले यूएईका कप्तान मुहम्मद वसिमलाई करण केसीबाट क्याच गराए । वसिमले २६ रन बनाए ।
मुलपानी मैदानमा जारी खेलमा युएईले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको हो ।
आजको खेलमा जित हात पार्ने टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ।
एसिया छनोट फाइनल खेल्नुअघि त्रिकोणात्मक सिरिजको लिग चरणको दुबै खेलमा नेपालले यूएईलाई हराएको थियो । तर, फाइनलमा नेपाललाई हराएर युएईले उपाधि जितेको थियो ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया