युएईको चौँथो विकेट झर्यो
काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटको युएई र नेपालबीच जारी सेमिफाइनल खेलमा युएईको चौथो विकेट गुमेको छ ।
नेपालका कुशल मल्लको बलमा युएईका अलीशान शराफू १३ बलमा १६ रन बनाउँदै आउट भएका हुन् । जारी खेलमा युएईले ४ विकेटको क्षति र १३ दशमलव ४ ओभरको खेलमा ८८ रन जोडेको छ ।
यस अघि नेपालका स्पिन बलर सन्दीप लामिछानेको बलमा युएईका आसिफ खान १३ रन बनाउँदै आउट भए ।
मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर फिल्डिङमा आएको नेपालले चौथो ओभरको पहिलो बलमा पहिलो सफलता दिलायो ।
यूएईका खालिद साहलाई सोमपाल कामीले रनआउट गरे । त्यसपछि सोही ओभरको चौथो बलमा सोमपालले यूएईका कप्तान मुहम्मद वसिमलाई करण केसीबाट क्याच गराए । वसिमले २६ रन बनाए ।
मुलपानी मैदानमा जारी खेलमा युएईले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको हो ।
आजको खेलमा जित हात पार्ने टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ।
एसिया छनोट फाइनल खेल्नुअघि त्रिकोणात्मक सिरिजको लिग चरणको दुबै खेलमा नेपालले यूएईलाई हराएको थियो । तर, फाइनलमा नेपाललाई हराएर युएईले उपाधि जितेको थियो ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया