नेपालका लागि कप्तान रोहितले दिलाए पाँचौँ विकेट

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटको युएई र नेपालबीच जारी सेमिफाइनल खेलमा नेपालका लागि पाँचौँ सफलता मिलेको छ ।
नेपालका कप्तान रोहित पौडेलको बलमा युएईका अली नसिर आउट भएका हुन् । जारी खेलमा युएईले ५ विकेटको क्षति र १५ दशमलव ३ ओभरको खेलमा ९९ रन जोडेको छ ।
यस अघि नेपालका कुशल मल्लको बलमा युएईका अलीशान शराफू १३ बलमा १६ रन बनाउँदै आउट भए ।
त्यस्तै, नेपालका स्पिन बलर सन्दीप लामिछानेले युएईका आसिफ खानलाई आउट गरे । आसिफ खान १३ रन बनाउँदै आउट भएका हुन् ।
मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर फिल्डिङमा आएको नेपालले चौथो ओभरको पहिलो बलमा पहिलो सफलता दिलायो ।
यूएईका खालिद साहलाई सोमपाल कामीले रनआउट गरे । त्यसपछि सोही ओभरको चौथो बलमा सोमपालले यूएईका कप्तान मुहम्मद वसिमलाई करण केसीबाट क्याच गराए । वसिमले २६ रन बनाए ।
मुलपानी मैदानमा जारी खेलमा युएईले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको हो ।
आजको खेलमा जित हात पार्ने टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ।
एसिया छनोट फाइनल खेल्नुअघि त्रिकोणात्मक सिरिजको लिग चरणको दुबै खेलमा नेपालले यूएईलाई हराएको थियो । तर, फाइनलमा नेपाललाई हराएर युएईले उपाधि जितेको थियो ।
प्रतिक्रिया