युएईले दियो एक सय ३५ रनको लक्ष्य, कुशल मल्लले लिए सर्वाधिक विकेट
काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनल खेलमा युएईले नेपाल सामु एक सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको युएईले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा एक सय ३४ रन बनाएको हो । युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४ रनको योगदान दिए ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक चार विकेट लिए भने सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई/दुई विकेट लिए । त्यस्तै नेपालका लागि रोहितकुमार पौडेलले एक विकेट लिए ।
आजको खेलमा जित हात पार्ने टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ।
एसिया छनोट फाइनल खेल्नुअघि त्रिकोणात्मक सिरिजको लिग चरणको दुबै खेलमा नेपालले यूएईलाई हराएको थियो । तर, फाइनलमा नेपाललाई हराएर युएईले उपाधि जितेको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया