युएईविरुद्ध आशिफ शेखको अर्धसतक
काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको सेमिफाइनलमा युएईले दिएको लक्ष्यविरुद्ध नेपालका ओपनर आशिफ शेखले अर्धसतक कटाएका छन् । आशिफले ३९ बलमा अर्धसतक पुरा गरेका हुन्।
मुलपानी मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ९ विकेटको क्षतिमा १३४ रन बनाउँदै नेपाल सामु १३५ रनको लक्ष्य दिएको छ ।
युएईविरुद्ध ब्याटिङमा रहेको नेपालले १३ ओभर खेल्दै दुई विकेटको क्षतिमा ९३ रन बनाएको छ । अहिले क्रिजमा आसिफसँग कप्तान रोहित पौडेलले साझेदारी गरिरहेका छन् ।
आजको खेलमा जित हात पार्ने टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया