युएईविरुद्ध आशिफ शेखको अर्धसतक

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको सेमिफाइनलमा युएईले दिएको लक्ष्यविरुद्ध नेपालका ओपनर आशिफ शेखले अर्धसतक कटाएका छन् । आशिफले ३९ बलमा अर्धसतक पुरा गरेका हुन्।
मुलपानी मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ९ विकेटको क्षतिमा १३४ रन बनाउँदै नेपाल सामु १३५ रनको लक्ष्य दिएको छ ।
युएईविरुद्ध ब्याटिङमा रहेको नेपालले १३ ओभर खेल्दै दुई विकेटको क्षतिमा ९३ रन बनाएको छ । अहिले क्रिजमा आसिफसँग कप्तान रोहित पौडेलले साझेदारी गरिरहेका छन् ।
आजको खेलमा जित हात पार्ने टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया