विश्वकपमा अफगानिस्तानको लगातार तेस्रो जित, पाँचौ स्थानमा उक्लियो
काठमाडौं । भारतमा जारी आईसीसी वान डे विश्वकप क्रिकेटमा अफगानिस्तानको सनसनीपूर्ण प्रदर्शन जारी छ । शुक्रबार भएको खेलमा अफगानिस्तानले नेदरल्याण्डलाई सात विकेटले हराएको छ। यो उसको लगातार तेस्रो जित हो । जितसँगै अफगानिस्तान अंकतालिकामा पाँचौ स्थानमा उक्लिएको छ । अन्तिम चारमा पर्ने टिम सेमिफाइनलमा पुग्नेछन् ।
अफगानिस्तानले सात खेलमा चार जित निकाल्दै आठ अंक बटुलेको छ । समान खेल खेलेको न्यूजील्याण्डले आठ अंक बटुलेको छ । नेट रनरेटका आधारमा न्यजील्याण्ड चौथो स्थानमा छ ।
शुक्रबारको खेलमा कसिलो बलियो गरेको अफगानिस्तानले ४६ दशमलव ३ ओभरमा १७९ रनमा नेदरल्याण्डलाई अलआउट गरेको थियो । १८० रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानले ३१ दशमलव ३ ओभरमै ३ विकेट जित हात पारेको हो ।
विश्वकपमा शनिबार न्यूजील्याण्ड र पाकिस्तानबीच खेल हुँदैछ ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया