महत्वपूर्ण खेलमा पाकिस्तानले न्यूजील्याण्डलाई हरायो, सेमिफाइनल सम्भावना कायम
काठमाडौं । भारतमा जारी आईसीसी वानडे विश्वकप क्रिकेटमा पाकिस्तानले न्यूजील्याण्डलाई हराएको छ । डिएलएस मेथोडको आधारमा पाकिस्तान २१ रनले विजयी भएको हो ।
पहिले ब्याटीङ गरी न्यूजील्याण्डले ४०२ रनको लक्ष्य दिएको थियो । वर्षाले बिथोलिएको खेलमा पाकिस्तानले २५.३ ओभरमा एक विकेट गुमाएर २०० रन बनाएको थियो । पाकिस्तानका ओपनर फकर जमानले बनाएको अविजित १२६ रन नै पाकिस्तानको जीतको आधार बन्यो ।
यो पाकिस्तानको चौथो जित हो । जितसँगै पाकिस्तान पाँचौ स्थानमा छ । तेस्रो अवस्थामा रहेको अष्ट्रेलिया, चौथो स्थानमा रहेको न्यूजील्याण्ड तथा छैंटौं स्थानमा रहेको अफगानिस्तानको पनि समान आठ अंक छ । रनरेटका आधारमा अष्ट्रेलिया र न्यूजील्याण्ड अगाडि छन् । अफगानिस्तानले सात खेल मात्र खेलेको छ ।
पाकिस्तानको अब अन्तिम खेल इंल्याण्डसँग छ । न्यूजील्याण्डले भने लगातार चार हार बेहोरेको छ । उसको अन्तिम खेल भने कमजोर मानिएको टिम श्रीलंकासँग छ ।
अंक तालिका
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया