NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

भारत र दक्षिण अफ्रिका सेमिफाइनलमा, दुई स्थानका लागि चार देशबीच टक्कर

काठमाडौं ।  भारतमा जारी एकदिवसिय क्रिकेट विश्वकपको सेमिफाइनलमा भारत र दक्षिण अफ्रिकाले आफ्नो स्थान सुरक्षित गरेका छन् । दुई खेलअघि नै उनीहरु सेमिफाइनल पुगेका हुन् ।

बाँकी दुई स्थानका लागि चार देशबीच प्रतिस्पर्धा छ । अष्ट्रेलिया, न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तानबीच सेमिफाइलनका लागि टक्कर छ । शनिबारको पाकिस्तान र न्यूजिल्याण्डबीचको खेलले प्रतिस्पर्धा झन् रोचक बनेको छ । शनिबार न्यूजिल्याण्डलाई हराएपछि पाकिस्तानको पनि सम्भावना बढेको छ ।

हाल तेस्रो स्थानमा अष्ट्रेलिया, चौथोमा न्यूजिल्याण्ड, पाँचौमा पाकिस्तान र छैटौंमा अफगानिस्तान छ । सबैको समान ८ अंक छ । शनिबार नै अष्ट्रेलियाले इंग्ल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ । आजको खेल जितेमा अष्ट्रेलियाको सम्भावना बलियो हुनेछ । अष्ट्रेलियाले आज बाहेक नै दुई खेल खेल्न बाँकी छ । न्यूजिल्याण्ड र पाकिस्तानले समूह चरणमा ८ खेल खेलिसकेका छन् भने अफगानिस्तानले दुई खेल खेल्न बाँकी छ ।

सेमिफाइनल प्रतिस्पर्धा चर्काे हुँदै गएपछि अबका खेलहरु पनि उत्तिकै प्रतिस्पर्धी हुने भएका छन् । प्रतिस्पर्धी १० टिममध्ये बंगलादेश, न्यूजील्याण्ड, इंल्याण्ड र श्रीलंका विश्वकपबाट बाहिरिएका छन् ।

 

अंक तालिका

ताजा अपडेट

नेपालवाच विशेष