अष्ट्रेलियाविरुद्धको खेलमा अफगानिस्तानले बनायो नयाँ रेकर्ड
काठमाडौं । एकदिवसिय क्रिकेट विश्वकपमा अफगानिस्तानले अष्ट्रेलियाविरुद्ध २९१ रन बनाएको छ । विश्वकपमा अफगानिस्तानले बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो ।
टस हारेर पहिले ब्याटीङ गरेको अफगानिस्तानले ५ विकेट गुमाएर सो योगफल तयार पारेको थियो । अफगानिस्तानका ओपनर इब्राहिम जद्रानले अविजित १२९ रनको मद्दतमा अफगानिस्तानले उच्च स्कोर बनाएको हो । जद्रान एकदिवसिय विश्वकपमा शतक प्रहार गर्ने पहिलो अफगानी खेलाडी बनेका छन् ।
२९२ रनको लक्ष्य पाएको अष्ट्रेलियाले आज जितेमा सेमिफाइनलमा पुग्नेछ । अफगानिस्तान विजयी भएमा उसको पनि सम्भावना प्रबल हुनेछ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया