महिला टी-२० : नेपालले उद्घाटन खेल तान्जानियासँग खेल्ने

काठमाडौं । हङकङमा आयोजना हुने चार देशसम्मिलत महिला टी-२० प्रतियोगिताअन्तर्गतको आफ्नो पहिलो खेल नेपालले तान्जानियासँग खेल्ने भएको छ ।
यही कात्तिक २९ देखि मंसिर ३ गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपालले तान्जानियासँग यही कात्तिक २९ गते खेल्नेछ । प्रतियोगितामा हङकङसहित नेपाल, तान्जानिया र जापानले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले आफ्नो दोस्रो खेल कात्तिक ३० गते हङकङसँग खेल्नेछ भने तेस्रो खेल मंसिर २ गते जापानसँग खेल्नेछ । त्यस्तै तेस्रो स्थान र फाइनल खेल मंसिर ३ गते हुनेछ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया