NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

अन्तिम खेलमा सानदार जितसँगै न्यूजिल्याण्ड सेमिफाइनल नजिक, पाकिस्तानको सम्भावना न्यून

काठमाडौं । भारतमा जारी एकदिवसिय क्रिकेट विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा न्यूजिल्याण्डले श्रीलंकालाई पराजित गरेको छ । यो विजयसँगै न्यूजिल्याण्ड सेमिफाइनल नजिक पुगेको छ ।

बिहीबारको खेलमा श्रीलंकाले दिएको १७२ रनको लक्ष्य न्यूजिल्याण्डले २३.२ ओभरमा ५ विकेटको क्षतीमा भेटाएको हो । समुह चरणका नौ खेलमध्ये यो न्यूजिल्याण्डको पाँचौ जित हो । १० अंकसहित उ चौथो नम्बरमा छ । उसको नेट रनरेट उच्च भएकाले पनि सेमिफाइल सम्भावना उच्च भएको हो ।

न्यूजिल्याण्डको सानदार जितले पाकिस्तान र अफगानिस्तानको सेमिफाइलन सपना भने लगभग समाप्त भएको छ । अब उनीहरूले अबको खेलमा अत्याधिक अन्तरले जित्नुपर्ने हुन्छ । जबकी दुवै देशका बलिया प्रतिस्पर्धी छन् । अफगानिस्तानले दक्षिण अफ्रिका र पाकिस्तानले अन्तिम खेलमा इंल्याण्डको सामना गर्दैछन् ।

अब न्यूजिल्याण्डलाई नेट रनरेटमा उछिनेर सेमिफाइनलमा प्रवेश गर्न पाकिस्तानले इंल्याण्डलाई २८७ रनले तथा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ४३८ रनले हराउनुपर्ने हुन्छ ।

जसकारण विश्वकपको सेमिफाइनलमा भारत र न्यूजील्याण्डबीच प्रतिस्पर्धा हुने प्रबल सम्भावना देखिएको छ । दक्षिण अफ्रिका र अष्ट्रेलियाबीचको अर्काे सेमिफाइनल समिकरण तय भइसकेको छ ।