NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

अष्ट्रेलिया आठौं पटक विश्वकप फाइनलमा

काठमाडौं । भारतमा जारी एकदिवसिय क्रिकेट विश्वकपको फाइनलमा भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबारको सेमिफाइनलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएसँगै अष्ट्रेलिया फाइनलमा पुगेको हो ।

बुधबार भारले न्यूजिल्याण्डलाई हराएर फाइनलमा स्थान पक्का गरेको हो । फाइनल आइतबार अहमदाबादमा हुँदैछ। यसअघि सन् २००३ मा भारत र अष्ट्रेलियाबीच एकदिवसिय क्रिकेटको फाइनल खल भएको थियो ।

बिहीबारको खेलमा दक्षिण अफ्रिकाले २१३ रनको लक्ष्य दिएकोमा अष्ट्रेलियाले ४७.२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।