NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

छैंटौं पटक विश्व च्यापियन बन्यो अष्ट्रेलिया

काठमाडौं । प्रतियोगितामा सुरुवाती दुई खेल हारेको अष्ट्रेलिया अन्ततः फेरि पनि एकदिवसिय क्रिकेट विश्वपकको च्याम्पियन बनेको छ । आयोजना देश भारतलाई फाइनलमा हराउँदै अष्ट्रेलियाले छैंटौं पटक एकदिवसिय विश्वकपको उपाधि जितेको हो ।

टस जितेर सुरुमा बलिङ गरेको अष्ट्रेलियाले २४१ रनको लक्ष्य पाएको थियो । ओपनर ट्राभिस हेडको १३७ रनको सहयोगमा उसले भारतले ६ विकेटले हराएको हो। अष्ट्रेलियाले ४३ ओभरमा नै लक्ष्य पुरा गरेको हो ।

प्रतियोगितामा अपराजित रहेको भारत फाइनलमा पराजित हुन पुग्यो ।