NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

एसिया कप क्रिकेट : टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा आजदेखि सुरु भएको एसिसी उन्नाइस वर्षमुनि (यु-१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानविरुद्धको खेलमा टस हारेको छ ।

दुबईको आइसिसी एकेडेमी ओझल–२ क्रिकेट मैदानमा भर्खरै भएको टसमा पाकिस्तानका कप्तान मिराज ताहिर बैगले टस जितेर पहिला फिल्डिङ रोजेका छन् ।

उक्त प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा पाकिस्तान, भारत र अफगानिस्तान छन् ।