यी हुन् सन् २०२७ को महिला विश्वकप आयोजनाका लागि आवेदन दिने देश
पेरिस । फिफाले सन् २०२७ मा हुने महिला विश्वकप आयोजनाका लागि तीन वटा समूहको बोलपत्र दर्ता भएको शनिबार पुष्टि गरेको छ ।
युरोपबाट बेल्जियम, नेदरल्याण्ड्स र जर्मनीले संयुक्त रूपमा निवेदन पेश गरेका छन् भने मेक्सिको र संयुक्त राज्य अमेरिकाले पनि शुक्रबारको समयसीमाभन्दा ठीक अघि अर्को संयुक्त निवेदन पेश गरेका छन् । त्यस्तै ब्राजिलले भने एकलपमा आयोजनाका लागि निवेदन दिएको छ ।
फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “फिफाले सन् २०२४ को फेब्रुअरीमा हुने स्थलगत निरीक्षण भ्रमणसहित विस्तृत मूल्याङ्कन प्रक्रिया सञ्चालन गर्नेछ र त्यसपछि मे २०२४ पछि बोलपत्र मूल्याङ्कन प्रतिवेदनमा आफ्नो निष्कर्ष प्रकाशित गर्नेछ ।”
सन् २०२४ को मे १७ मा बैंककमा हुने फिफाको सम्मेलनमा खुला मतदानमार्फत अन्तिम निर्णय गरिनेछ ।
दक्षिण अफ्रिकाले सन् २०३१ का लागि तयारी अवस्थामा रहेको बोलपत्र पेश गर्न चाहेको बताएपनि गत महिना पछि हटेको थियो ।
संयुक्त राज्य अमेरिकाले सन् १९९९ र सन् २००३ को महिला विश्वकप एकल आयोजना गरेको थियो भने जर्मनीले सन् २०११ को महिला विश्वकप आयोजना गरेको थियो ।
गत वर्ष जुलाई र अगष्टमा अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेको महिला विश्वकपको फाइनलमा स्पेनले इङ्ल्यान्डलाई हराएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया