NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

यू–१९ एसिया कप : आजको खेलमा अफगानिस्तानसँग भिड्दै नेपाल

काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा नेपालले आज आईतबार अफगानिस्तानसँग खेल्दैछ ।

युएईको दुबईस्थित आइसिसी एकेडेमी ओभल-२ मा बिहान सवा ११ बजे नेपाल र अफगानिस्तानबीचको खेल सुरू हुनेछ।

समूह चरणको दोस्रो खेल खेल्दै गरेको नेपाल र अफगानिस्तान दुबै टोलीलाई सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउन जितको विकल्प छैन ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो भने अफगानिस्तान पनि भारतसँग ७ विकेटले पराजित भएको थियो।