NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

मेस्सीले कतार विश्वकपमा लगाएका जर्सी लिलामी, कतिमा बिक्यो ?

एजेन्सी । सन् २०२२ को विश्वकपमा फुटबल स्टार लियोनल मेस्सीले लगाएका छ वटा जर्सी न्युयोर्कमा भएको सोथेबीको लिलामीमा संयुक्त रूपमा ७.८ मिलियन डलरमा बिक्री भएको छ ।

सन् २०२२ को विश्वकप फाइनलमा मेस्सीको कप्तानीमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै जित हात पारेको थियो।

बिक्री भएका ती छ वटा जर्सी मेसीले फाइनलको पहिलो हाफ, सेमिफाइनल, क्वार्टरफाइनल, अन्तिम १६ को टाई र समूह चरणको दुई खेलमा लगाएका थिए ।

आठ पटक बालोन डी’ओर विजेता मेस्सी विश्वकपको इतिहासमा समूह चरण, अन्तिम १६, क्वार्टरफाइनल, सेमिफाइनल र एउटै प्रतियोगिताको फाइनलमा गोल गर्ने पहिलो खेलाडी बने ।

उनले अर्जेन्टिनाको २०२२ को विश्वकपका सबै सात खेल खेलेका थिए, तर समूह चरणमा मेस्सीले लगाएका तीन जर्सी मध्ये दुई मात्र अक्सनमा राखिएको थियो । अष्ट्रेलिया विरुद्धको खेलमा भने मेसीको जर्सी क्यामी डेभलिनले साटेका थिए ।

सोथेबी जनाए अनुसार लिलामीबाट प्राप्त आम्दानीको एक भाग दुर्लभ रोगबाट पीडित बालबालिकाका लागि लियो मेस्सी फाउन्डेशनको सहयोगमा सान्ट जोन डे डेउ बार्सिलोना बाल अस्पतालको नेतृत्वमा युनिकास परियोजनालाई दान गरिनेछ ।