NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

दक्षिण अफ्रिकामा भारतको लज्जास्पद हार

काठमाडौं । दक्षिण अफ्रिकासँगको टेष्टमा भारतले लज्जास्पद पराजय भोगेको छ । तेस्रो दिनमै सकिएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई इनिङ र ३२ रनले पराजित गरेको हो ।

टस हारेर सुरुमा ब्याटीङ गरेको भारतले पहिलो इनिङमा २४५ र दोस्रो इनिङमा १३२ रनै अलआउट हुँदा दक्षिण अफ्रिकाले दोस्रो इनिङमा ब्याटीङ नै गर्नुपरेन ।

दक्षिण अफ्रिकाका लागि डिन एल्गारले १८५ रन बनाएका थिए । दक्षिण अफ्रिकाका बलरसामु भारतीय ब्याट्सम्यान निरिह हुँदा भारतले लज्जास्पद पराजय भोगेको हो । सन् १९९२ देखि भारतले दक्षिण अफ्रिकामा टेष्ट सिरिज जित्न सकेको छैन।