NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

नेपाल सुपर लिगको उपाधिका लागि ललितपुर र धनगढी भिड्ने

काठमाडौं । ललितपुर सिटी एफसीले पोखरा थन्डर्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबल प्रतियोगितको फाइनलमा प्रवेश गरेको छ ।

दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा ललितपुर सिटी एफसीले पोखरा थन्डर्सलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनमा पुगेको हो ।

ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीचको दोस्रो क्वालिफायर खेल अतिरिक्त समयमा गएको थियो । खेलको निर्धारित ९० मिनेटसम्म खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा गएको हो । ललितपुरको जितमा इमो इजिकेल र कुशल देउबाले एक एक गोल गरेभने पोखराको लागि भने स्टेफन अन्नोरले गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा इजिकेलको गोलमार्फत पोखराले अग्रता लियो । खेलको ७१ औँ मिनेटमा ललितपुरका अन्नोरले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ९९ औँ मिनेटमा कुशलको गोल निर्णायक बन्दा ललितपुरले पोखरामाथी २–१ गोलको रोमाञ्चक जित निकाल्यो ।

अब उपाधिका लागि ललितपुरले शनिबार दशरथ रंशगालामा धनगढी एफसीसँग खेल्नेछ।