NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

गुल्सन झाको शतकमा स्कटल्यान्डमाथि नेपालको सहज जित

काठमाडौं । नेपाली यू–१९ क्रिकेट टोलीले स्कटल्यान्ड यू–१९ टोलीमाथि सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा नेपालले स्कटल्यान्डलाई १३५ रनले पराजित गरेको हो ।

आइसिसी यू-१९ विश्वकपको तयारीका लागि अनौपचारिक वाम अप खेलमा स्कटल्यान्डमाथि जित निकालेको हो । दक्षिण अफ्रिकामा भएको खेलमा २८५ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले ४३.२ ओभरमा पूरै विकेट गुमाउँदै १४९ रन मात्र बनायो ।

स्कटल्यान्डका लागि उजयर अहमदले सर्वाधिक २८ रन जोडे। बलिङमा नेपालका तिलकराज भण्डारीले ३ विकेट लिए भने आकास चन्दले २ विकेट लिन सफल भए ।

पहिले ब्याटिङ गरेको खेलमा नेपाल ४९.२ ओभरमा २८४ रनमा अलआउट भयो। नेपालका लागि गुल्सन झाले शतक प्रहार गरे। उनले ११४ रन जोडेका हुन्।