गुल्सन झाको शतकमा स्कटल्यान्डमाथि नेपालको सहज जित
काठमाडौं । नेपाली यू–१९ क्रिकेट टोलीले स्कटल्यान्ड यू–१९ टोलीमाथि सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा नेपालले स्कटल्यान्डलाई १३५ रनले पराजित गरेको हो ।
आइसिसी यू-१९ विश्वकपको तयारीका लागि अनौपचारिक वाम अप खेलमा स्कटल्यान्डमाथि जित निकालेको हो । दक्षिण अफ्रिकामा भएको खेलमा २८५ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले ४३.२ ओभरमा पूरै विकेट गुमाउँदै १४९ रन मात्र बनायो ।
स्कटल्यान्डका लागि उजयर अहमदले सर्वाधिक २८ रन जोडे। बलिङमा नेपालका तिलकराज भण्डारीले ३ विकेट लिए भने आकास चन्दले २ विकेट लिन सफल भए ।
पहिले ब्याटिङ गरेको खेलमा नेपाल ४९.२ ओभरमा २८४ रनमा अलआउट भयो। नेपालका लागि गुल्सन झाले शतक प्रहार गरे। उनले ११४ रन जोडेका हुन्।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया