रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा
काठमाडौं । स्पेनिस सुपर कपमा रियल मड्रिड फाइनल प्रवेश गरेको छ ।
एथ्लेटिको मड्रिडलाई ५-३ गोलले हराउँदै रियल सुपरकपको फाइनलमा पुगेको हो।
गएराति साउदी अरबको अल अवाल स्टेडियममा भएको खेलको निर्धारित समयमा ३–३ गोलको बराबरी भएपछि अतिरिक्त समयबाट खेलको निर्णय गरिएको थियो । अतिरिक्त समयमा दुई गोल गर्दै रियल प्रतियोगिताको फाइनल पुगेको हो ।
एथ्लेटिको मड्रिडका मारियो हर्मोशोले खेलको छैटौं मिनेटमै गोल गरेर अग्रता बनाएका थिए भने २० औं मिनेटमा लुका मोड्रिकको पासमा एन्टोनियो रूडिगारले हेडमार्फत गोल गर्दै रियललाई बराबरीमा पुर्याएका थिए।
रियलले उपाधिका लागि बार्सिलोना वा ओसासुनासँग खेल्नेछ । बिहीबार दोस्रो सेमिफाइनलमा बार्सिलोना र ओसासुना खेल्दैछन् । स्पेनिस सुपर कपको फाइनल शनिबार हुनेछ ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया