NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २१ गते

रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा

काठमाडौं । स्पेनिस सुपर कपमा रियल मड्रिड फाइनल प्रवेश गरेको छ ।

एथ्लेटिको मड्रिडलाई ५-३ गोलले हराउँदै रियल सुपरकपको फाइनलमा पुगेको हो।

गएराति साउदी अरबको अल अवाल स्टेडियममा भएको खेलको निर्धारित समयमा ३–३ गोलको बराबरी भएपछि अतिरिक्त समयबाट खेलको निर्णय गरिएको थियो । अतिरिक्त समयमा दुई गोल गर्दै रियल प्रतियोगिताको फाइनल पुगेको हो ।

एथ्लेटिको मड्रिडका मारियो हर्मोशोले खेलको छैटौं मिनेटमै गोल गरेर अग्रता बनाएका थिए भने २० औं मिनेटमा लुका मोड्रिकको पासमा एन्टोनियो रूडिगारले हेडमार्फत गोल गर्दै रियललाई बराबरीमा पुर्‍याएका थिए।

रियलले उपाधिका लागि बार्सिलोना वा ओसासुनासँग खेल्नेछ । बिहीबार दोस्रो सेमिफाइनलमा बार्सिलोना र ओसासुना खेल्दैछन् । स्पेनिस सुपर कपको फाइनल शनिबार हुनेछ ।

ताजा अपडेट

नेपालवाच विशेष