NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

एएफसी एसियन कप : भारतको लगातार दोस्रो हार

काठमाडौं । एएफसी एसियन कप फुटबलमा भारतले लगातार दोस्रो हार ब्यहोरेको छ । बिहीबार राति भएको खेलमा भारत उब्जेकिस्तानसँग ३-० ले पराजित भएको हो ।

कतारको अहमद बिन अलि स्टेडियममा भएको समूह चरणको दोस्रो खेलमा उब्जेकिस्तानले तीनवटै गोल पहिलो हाफमा हानेको थियो।

खेलको चौथों मिनेटमा अब्बोस्बेक फैजुल्लायेवको गोलमा उज्वेकिस्तानले खेलमा अग्रता बनाएको थियो । इगोर सर्गेवले १८ औं मिनेटमा उज्वेकिस्तानको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा शेरजोड नसरुलोले गोल गर्दै उज्वेकिस्तानलाई ३–० ले अघि बढाएका थिए ।

समूह ‘बी’मा रहेको भारत समूह चरणको दुवै खेलमा पराजित भएको छ। यसअघि अष्ट्रेलियासँग २(० गोलले पराजित भएको थियो।

ताजा अपडेट

नेपालवाच विशेष