एएफसी एसियन कप : भारतको लगातार दोस्रो हार
काठमाडौं । एएफसी एसियन कप फुटबलमा भारतले लगातार दोस्रो हार ब्यहोरेको छ । बिहीबार राति भएको खेलमा भारत उब्जेकिस्तानसँग ३-० ले पराजित भएको हो ।
कतारको अहमद बिन अलि स्टेडियममा भएको समूह चरणको दोस्रो खेलमा उब्जेकिस्तानले तीनवटै गोल पहिलो हाफमा हानेको थियो।
खेलको चौथों मिनेटमा अब्बोस्बेक फैजुल्लायेवको गोलमा उज्वेकिस्तानले खेलमा अग्रता बनाएको थियो । इगोर सर्गेवले १८ औं मिनेटमा उज्वेकिस्तानको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा शेरजोड नसरुलोले गोल गर्दै उज्वेकिस्तानलाई ३–० ले अघि बढाएका थिए ।
समूह ‘बी’मा रहेको भारत समूह चरणको दुवै खेलमा पराजित भएको छ। यसअघि अष्ट्रेलियासँग २(० गोलले पराजित भएको थियो।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया