NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

न्यूजिल्याण्डसँग नेपाल ६४ रनले पराजित

काठमाडौं । यू–१९ क्रिकेट विश्वकपको पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसँग ६४ रनले पराजित बनेको छ । टस हारेर ३०३ रनको लक्ष्य पाएको नेपालले नौ विकेटको क्षतीमा २३८ रन बनाएको हो ।

नेपालका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ९० रनको योगदान दिए । कप्तान देव खनाल ३६ रन बनाएका थिए । त्यस्तै सुवास भण्डारीले अविजित ३३ रनको योगदान दिए ।

फिल्डिङमा चुक्दा यू–१९ विश्वकपमा न्यूजील्याण्डले नेपाललाई ३०३ रनको बिशाल लक्ष्य दिएको थियो। न्यूजिल्याण्डका स्नेहिथ रेड्डीको अविजित १४७ रनको मद्दतमा न्यूजील्याण्डले ८ विकेट बनाएर ३०२ रनको योगफल बनाएको हो । रेड्डीलाई नेपाली खेलाडीले पटक पटक क्याच ड्रप गरेका थिए ।

नेपालका लागि सर्वाधिक रन बनाएका अर्जुन कुमाल

६७ रनमै तीन विकेट नेपालले लिएपछि त्यसपछि रेड्डी र कप्तान ओसकर ज्याकसनको साझेदारीले न्यूजील्याण्डले उच्च स्कोर बनाएका हुन् । ज्याकसनले ७५ रन प्रहार गरे ।

नेपालका लागि सुवास भण्डारीले ३, गुल्सन झाले २ र दिपेश कँडेल, तिलम भण्डारी र आक्राश त्रिपाठीले समान १–१ विकेट लिए ।