यू-१९ विश्वकप : टस जितेर पाकिस्तानविरूद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आइसिसी यू-१९ विश्वकप २०२४ को समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानसँग टस जितेको छ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनमा हुने खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ। नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालले दुई महिनाको अन्तरालमा पाकिस्तानसँग दोस्रो पटक भिड्दैछ । यसअघि गत मंसिरमा भएको एसिया कपमा नेपालमाथि पाकिस्तानले उत्कृष्ट जित निकालेको थियो।
पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग हार व्यहोरेको थियो भने पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो।
समूह ‘डी’मा रहेको नेपालसँग न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् । समूहको शीर्ष तीन स्थानमा रहने टोलीले सुपर–६ को यात्रा तय गर्नेछन् ।
नेपाली यु–१९ टोलीमा कप्तान देव खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसन झा, दीपेशप्रसाद कँडेल, विशालविक्रम केसी, र सुवास भण्डारी, दीपक बोहोरा, उत्तम रङ्गु थापा मगर, विपीन रावल, तिलकराज भण्डारी र आकाश चन्द छन् ।
प्रतिक्रिया