NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

५० वर्षीय मलाइकाको यस्तो छ फिटनेस रहस्य

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री तथा आइटम डान्सर हुन् मलाइका अरोरा। उनी आफ्नो आइटम डान्स मात्र नभई फिगरका कारण पनि लोकप्रिय छिन् । ५० वर्षको उमेरमा पनि उनी निकै जवान र फिट देखिन्छिन् । मलाइका फिट रहन र स्वस्थ रहन के-के कुरामा ध्यान दिन्छिन् त ? जसले सामान्य अन्य व्यक्तिलाई पनि प्रेरणा दिन सकोस्, आज हामी मलाइकाको फिटनेस रहस्यको बारेमा चर्चा गर्दैछौँ ।

उनी आफ्नो फिटनेस रुटिन नियमित पूर्णताका साथ पालना गरिरहेकी छिन्। बलिउडका सेलिब्रेटीहरू मध्ये उनी यस्तो व्यक्ति हुन् जसले दशकौँदेखि जिमको एक दिन पनि छोडेका छैनन्। उनले आफ्ना प्रशंसक र अनुयायीहरूलाई स्वस्थ जीवनशैली अपनाउन उत्प्रेरित गर्छिन्।

फिटनेसको लागि गरिने अभ्याससँगै हामीले खाने खानेकुरा र दैनिकीले पनि जीवनशैलीमा धेरै प्रभाव पारेको हुन्छ भन्ने कुरा मलाइकाले राम्रोसँग बुझेकी छिने । बिहान उठ्ने बित्तिकै उनी एक लिटर पानीमा कागती राखेर खान्छिन्। उनी जिरा पानी पनि खाने गर्छिन्। त्यसपछि उनी वर्कआउट गर्छिन् र ताजा फलफूल, अन्डा, टोस्ट र जुसहरू खान्छिन्। बिहानको खानामा उनी भात या चपाती र केही तरकारी खान्छिन्। दिउँसो उनी पिनट बटर र स्यान्डबिच खान्छिन्। साँझको खानामा उनी उसिनेको तरकारी, सुप, सलाद र दाल खान्छिन्। उनी दिनभरि आफूलाई हाईड्रेट राखी रहन्छिन्। उनी जङ्क फुड खाँदिनन्, उनी प्रायस् घरमै बनेको खानेकुरा मात्रै खान्छिन्।

उनी आफ्नो कसरत कार्डियोबाट सुरु गर्छिन्, त्यसपछि पिलेट्स र शक्ति अभ्यासहरू गर्छिन्। उनी हरेक दिन योगा पनि गर्छिन्। योगले सबै उमेरका मानिसहरूलाई शारीरिक र मानसिक रूपमा फाइदा गर्छ। मलाइकाले पिलेट्स पनि गर्छिन्। यो व्यायामको यस्तो तरिका हो जसले मांसपेशीहरू बलियो बनाउन मद्दत गर्छ। उनी सकेसम्म स्वस्थ खानेकुरा खान जोड गर्छिन् र पानी पर्याप्त मात्रामा पिउँछिन्।