बन्दागोबी र यसका अचुक फाइदा
काठमाडौं । भान्छामा पकाइने तरकारीलाई हामी मध्ये धेरैले स्वादका रुपमा मात्र हेर्ने गर्छौँ । तर, यी तरकारीहरुले हाम्रो स्वास्थ्यमा के कस्तो प्रभाव पार्छ भन्ने कुरा पनि जान्न जरुरी छ । स्वादिष्ट लाग्छ भन्दैमा धेरै जसो एकै किसिमका तरकारी वा साग सब्जीमात्र पकाउनु स्वास्थ्यको लागि असन्तुलित हुन जान्छ । आज हामी नेपाली बजारमा सजिलै पाइने तरकारी बन्दागोबीको फाइदा बारे चर्चा गर्छौँ ।
बन्दागोबी मधुमेह, उच्च रक्तचाप, कालेस्ट्रोल, मोटोपना र मुटुरोगीहरुको लागि स्वास्थ्यवर्धक तरकारी मानिन्छ ।
बन्दागोबीमा प्रशस्त मात्रामा फाईबर पाइन्छ । त्यस्तै यसमा भिटामिन के, सी, ए, आइरन र फोलेटको पनि राम्रो स्रोत मानिन्छ ।
यसमा क्यालोरी कम हुन्छ, जसले गर्दा मधुमेह बिरामीका लागि उपयुक्त मानिन्छ ।
यसमा पाइने एन्टिअक्सिडेन्टले विशेष गरेर दीर्घरोगहरु लाग्नबाट बचाउँछ ।
समग्र रुपमा यसले मुटु स्वास्थ्यलाई सुधार गर्छ र उच्च रक्तचाप नियन्त्रणमा सकारात्मक परिवर्तन ल्याउँछ ।
मधुमेह, मोटोपना भएकाहरुलाई बन्दागोबी उपयुक्त मानिन्छ । यसमा पाइने घुलनशील फाइबर र प्लान्ट स्टेरोलले कोलेस्ट्रोल घटाउन मद्दत गर्दछ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया