बन्दागोबी र यसका अचुक फाइदा

काठमाडौं । भान्छामा पकाइने तरकारीलाई हामी मध्ये धेरैले स्वादका रुपमा मात्र हेर्ने गर्छौँ । तर, यी तरकारीहरुले हाम्रो स्वास्थ्यमा के कस्तो प्रभाव पार्छ भन्ने कुरा पनि जान्न जरुरी छ । स्वादिष्ट लाग्छ भन्दैमा धेरै जसो एकै किसिमका तरकारी वा साग सब्जीमात्र पकाउनु स्वास्थ्यको लागि असन्तुलित हुन जान्छ । आज हामी नेपाली बजारमा सजिलै पाइने तरकारी बन्दागोबीको फाइदा बारे चर्चा गर्छौँ ।
बन्दागोबी मधुमेह, उच्च रक्तचाप, कालेस्ट्रोल, मोटोपना र मुटुरोगीहरुको लागि स्वास्थ्यवर्धक तरकारी मानिन्छ ।
बन्दागोबीमा प्रशस्त मात्रामा फाईबर पाइन्छ । त्यस्तै यसमा भिटामिन के, सी, ए, आइरन र फोलेटको पनि राम्रो स्रोत मानिन्छ ।
यसमा क्यालोरी कम हुन्छ, जसले गर्दा मधुमेह बिरामीका लागि उपयुक्त मानिन्छ ।
यसमा पाइने एन्टिअक्सिडेन्टले विशेष गरेर दीर्घरोगहरु लाग्नबाट बचाउँछ ।
समग्र रुपमा यसले मुटु स्वास्थ्यलाई सुधार गर्छ र उच्च रक्तचाप नियन्त्रणमा सकारात्मक परिवर्तन ल्याउँछ ।
मधुमेह, मोटोपना भएकाहरुलाई बन्दागोबी उपयुक्त मानिन्छ । यसमा पाइने घुलनशील फाइबर र प्लान्ट स्टेरोलले कोलेस्ट्रोल घटाउन मद्दत गर्दछ ।
ताजा अपडेट
-
डेङ्गी फैलन नदिन लामखुट्टे नियन्त्रण अभियानको तयारी अघि बढाऔँः स्वास्थ्यमन्त्री पौडेल
-
पाकिस्तानको पञ्जाबमा भीषण हावाहुरीका कारण १९ जनाको मृत्यु
-
गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने एमालेको निर्णय
-
प्रधानमन्त्री ओली र देउवा छलफलमा, दोस्रो तहका नेता पनि सहभागी
-
एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय आफ्नै भवनमा स्थानान्तरण
प्रतिक्रिया