NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

यू-१९ विश्वकप : नेपालमाथि पाकिस्तानको जित

काठमाडौं । आइसिसी यू-१९ विश्वकप २०२४ को समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानसँग हार व्यहोरेको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा भएको खेलमा पाकिस्तानले नेपालमाथि ५ विकेटको जित निकालेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै एक सय ९७ रन बनायो ।

नेपालले दिएको एक सय ९८ रनको चुनौतीविरुद्ध उत्रिएको पाकिस्तानले ४७.४ ओभर खेल्दै पाँच विकेटको क्षतिमा २०१ रन बनाउन सफल भएको हो ।

नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रनको योगदान दिए । उनले ६८ बल खेल्दै चार चौका र एक छक्का प्रहार गरे । यस्तै दीपक डुम्रेले ५८ बल खेल्ने क्रममा एक छक्कासहित २६ रन बनाए । कप्तान देव खनालले ३७ बलमा तीन चौकासहित २३, गुल्शन झाले १८, सुवास भण्डारीले २०, आकाश चन्दले अविजित १६, दिपेश कँडेलले १३ तथा अर्जुन कुमाल र आकाश त्रिपाठीले समान ६/६ रन बनाए ।

बलिङतर्फ पाकिस्तानका अराफात मिनहासले तीन, उबैद शाह र अहमद हुसैनले दुई /दुई तथा अली असफन्ड, खुबैब खलिल र मोहम्मद जिशनले एक एक विकेट लिए ।

पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग हार व्यहोरेको थियो। पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो।