NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

अफगानिस्तानलाई हराउँदै नेपाल यू–१९ विश्वकपको सुपर सिक्समा प्रवेश

काठमाडौं । १ विकेटको रोमाञ्चक तिजसँगै नेपाल यू–१९ क्रिकेट विश्वकपको सुपर ६ मा प्रवेश गरेको छ । एक सय ४६ रनको लक्ष्य पाएको नेपालले ९ विकेट गुमाएर सो लक्ष्य पुरा गरेको हो ।

नेपालको जितमा कप्तान देव खनाल र बलर आकाश चन्द नायक बनेका छन् । खनालले ५८ रन प्रहार गरे भने चन्दले पाँच विकेट लिएका थिए ।

जितमा दीपक बोहराले २७ रनको योगदान गरे । २४ रनमै तीन विकेट गुमाएर संकटमा परेका नेपाललाई कप्तान खनालले उद्धार गरेका थिए । अन्तिम दुई रन आवश्यक हुँदा नेपाललाई नवौं विकेट गुमाएको थियो । ४४ ओभरको पहिलो बल वाइड हुँदा स्कोर बरामद भएको थियो । ४४.४ ओभरमा सुवास भण्डारीले चौका हान्दै नेपाललाई जिताएका हुन् ।